कोरोना कहर: सुन्दरहरैचा वडा नं ७ को कार्यालय बन्द

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ को वडा कार्यालयबाट सेवा सुविधा तत्कालको लागि बन्द भएको छ ।

वडा कार्यालयका एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पछि तत्कालको लागि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष चैतन्य सिटौलाले बताएका छन ।

वडा कार्यालयले आज एक सुचना प्रकाशन गरेर कार्तिक १ गते सम्मलाई वडा कार्यालय बन्द गराउने निर्णय गरेको हो ।

सुन्दरहरैचा नगरपालिका वडा नं ७ मा आज मात्र दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा कार्यालयकै कर्मचारीमा कोरोना देखिए पछि केही दिनको लागि बन्द गरिएको वडाध्यक्ष सिटौलाले बताए ।