सुन्दरहरैचामा दुर्घटना हुदा साइकल यात्री घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ मा मोटरसाइकल र साइकल ठोक्किदा एक जना घाइते भएका छन ।

पुर्वपश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको साइकल यात्रीलाइ सोही दिशाबाट आउदै गरेको प्रदेश ३-०२ -०१० प ९३३५ नं को मोसाले ठक्रकर दिदा साइकलयात्री सुम्दरहरैचा ७ बस्ने बर्ष ४८ को सुर्य नारायण चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मोटरसाइकल प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।