सुन्दरहरैचा ५ मा ५२ वर्षिय महिलाको कोरोनाबाट मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

केही दिन अघि सुन्दरहरैचा वडा नं ४ का एक जना व्यक्तीको मृत्यु भएको थियो भने आज मंगलबार एकै दिन दुई जना व्यक्तीको मृत्यु भएको हो ।

मंगलबार कोरोनाबाट सुन्दरहरैचा नगरपालिका वडा नं ५ कि ५२ वर्षिय एक महिलाको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । त्यस्तै आजै मंगलबार सुन्दरहरैचा वडा नं ३ को ४६ वर्षिय एक पुरुषको विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको हो ।