बेलबारीमा कोरोना संक्रमणबाट तेस्रो मृत्यु


बेलबारीमा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएका बेलबारी १० भाउन्नेका का ३२ वर्षिय युवकको मंगलबार मृत्यु भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । उपचारका लागि नोबेल अस्पतालत विराटनगर गएका ति युवकमा गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बस्दै आएका उनलाई मंगलबार मुखबाट रगत आउने समस्या देखिएपछि उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युवकको मंगलबार साँझमृत्यु भएको थियो । यो सँगै बेलबारीमा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या ३ पुगेको छ ।