सुन्दरहैचामा बन्यो देशकै नमुना शौचालय तथा पुस्तकालय

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपाकलिकामा देशकै नमुना सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माण भएका छन् । नगरपालिका क्षेत्र भित्र आठ वटा मध्ये विराटचोक र सलकपुरको दुईवटा नमूना सार्वजनिक शौचालय तथा पुस्तकालयको मंगलबार प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै मुख्य मन्त्री राईले आधुनिक शौचालय भएकोले आफु शौचालयको उद्घाटन गर्न आएको बताए । उनले भने एउटा महाअभियान सुन्दरहरैचा बाट सुरु भएको र अब अन्य क्षेत्रले पनि सुन्दरहैँचा बाट सिक्नुपर्ने बताए । सुन्दरहरैचा उद्योग वाणिज्य संघद्धारा सञ्चालीत तथा सार्वजनिक शौचलय निर्माण महाअभियानद्धारा निर्मीत सार्वजनिक शौचालय तथा पुस्तकालयको मुख्यमन्त्री राईले प्रशंसा गर्दै धन्यवाद दिए । उनले निजि क्षेत्रको सहकार्य बाट मात्रै सरकार अगाडि बढ्न सक्ने बताए ।

सुन्दरहरैंचाको खोर्साने , हरैंचामा, बलिया, गछिया र गोठगाँउमा निर्माणधिन अवस्थामा रहेको र मृगौलियामा बन्ने तयारीमा रहेका छन् । शौचालय निर्माण थालिएको हरैचा र मृगौलिया बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गमा पर्छन् । सार्वजनिक शौचालयमा आधुनिक पुस्तकालय सहितको सुविधाहरु हुने तथा शौचालय एउटै डिजाइनमा निर्माण भएको सार्वजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलालले बताए ।

स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि झण्डै ४० प्रतिशत रकम सुन्दरहरैंचा नगरपालिकाको लगानी रहेको सुन्दरहैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले बताए । बाँकी ६० प्रतिशत रकम स्थानीयबासीले श्रोत जुटाएको निर्माण समितिले जनाएको छ । उक्त शौचालय निर्माण उद्योगपती तथा सामाजिक व्यक्तित्व भोलेश्वर दुलालको अध्यक्षतामा महाअभियान सञ्चालनमा रहेको छ ।

शौचालयको उक्त भवनमा इन्टरनेटको सुविधा सहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्ष समेत रहेका छन् । सार्बजनिक यातायतालाई लक्षित गरी निर्माण गरिएको शौचालयमा गाडी पार्किङका लागि सुबिधा समेत रहेको छ । राजमार्गमा निर्माणाधीन दुई तले शौचालयको भुई तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहेको छ र पहिलो तलामा अडियो भिडियो सुविधा सहितको आधुनिक पुस्तकालय रहेको छ । पुस्तकालय सहितको शौचालय युरोपेली मापदण्ड अनुसारको सुविधा सम्पन्न रहेको छ । २०७४ माघबाट निर्माण सुरु गरिएको शौचालयहरु मध्ये विराटचोक तथा सलकपुरको गरि २ वटाको निर्माणको कार्य सम्पन्न भएको हो ।