बेलबारीका २ वटा बैंकका ९ कर्मचारी सहित १५ जनामा कोरोना


बेलबारीमा रहेका २ वटा बैंकका कर्मचारी सहित १५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित १५ मध्ये बैंकका कर्मचारी ९ जना रहेका छन् । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका अनुसार बेलबारी ३ स्थित एनएमवि बैंकका ४ जना कर्मचारी र बेलबारी ११ को ग्लोबल आइएमइ बैकका ५ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । यस्तै बेलबारी वडानम्बर १ का ३ जना, वडानम्बर २ का १ जना र वडानम्बर ९ का २ जनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । संक्रमित मध्ये ७ जना महिला र ८ जना पुरुष रहेका छन् । संक्रमित महिलना २२ देखि ६६ वर्षसम्मका छन् भने पुरुष १९ देखि ४४ वर्षसम्मका रहेका छन् ।
गतअसोज २३ गते नगरपालिकाले ४७ जनाको स्वाब संकलन गरी बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको थियो । नगरपालिकाले बैकका कर्मचारी तथा कन्ट्रयाक टेसिङ गरी ४७ जनाको परिक्षण गरेको हो।