सुन्दरहरैचा नगरपालिकामा मंगलबार शोक विदा

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले साविक सुन्दरपुर गाविसका अध्यक्ष कृष्ण प्रसाद दाहालको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मंगलबार शोक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको नगरपालिकाको बैठकले अध्यक्ष दाहाललेले सुन्दरहरैचा नगरपालिका निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै मंगलबार एक दिन शोक विदा दिने निर्णय गरेको हो ।

सुन्दरहरैचा नगरपालिका, १२ वटै वडा कार्यलयहरुमा शोक विदा दिने निर्णय गरिएको नगरपालिकाले सूचनामार्फत जानकारी गराएको हो ।

अध्यक्ष दाहलको आइतबार सवारी दुर्घटनामा निधन भएको थियो ।