नमुना सार्वजनिक शौचालयको निर्माण कार्य सम्पन्न: २७ गते उद्घाटन हुने

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा निर्माणधिन नमुना सार्वजनिक शैचालयको निर्माण कार्य सम्पन्न भएको छ ।

सुन्दरहरैचा नगरपालिकाका विभिन्न ठाउमा निर्माण गर्ने भनिएको उक्त नमुना सार्वजनिक शौचालय सलकपुर र विराटचौकमा गरि दुई ठाउमा निर्माण कार्य सम्पन्न भएको सार्वजनिक शौचालय निर्माण समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिएका छन ।

विभिन्न सात स्थानमा उक्त शौचालय निर्माण गर्ने भनिएता पनि हाल सम्म सुन्दरहरैचा नगरपालिकाको खोर्साने , विराटचौक, हरैचा बजार र सलकपुरमा निर्माण कार्य हुदैछ । ती मध्ये विराटचौक र सलकपुरमा बन्दै गरेको नमुना सार्वजनिक शौचालयको निर्माण कार्य सम्पन्न भएको दुलालले बताएका छन ।

निर्माणाधीन सार्बजनिक शौचालयमा आधुनिक पुस्तकालय सहितका सुविधाहरु हुनेछन् । स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि ३५ प्रतिशत मात्र स्थानीय सरकारको लगानी रहेको छ भने बाँकी ६५ प्रतिशत रकम स्थानीयबासीले आफै जुटाएका छन । शौचालय निर्माणका लागि स्थानीय व्यवसायी समेत रहेका भोलेश्वर दुलालको अध्यक्षतामा ‘सार्वजनिक शौचालय निर्माण महाअभियान’ सञ्चालनमा रहेको छ ।

नगरका खोर्साने, बलिया, गछिया, गोठगाँउ र हरैचामा शौचालय निर्माणाधीन अवस्थामा रहेका छन भने विराटचौक र सलकपुरमा निर्माण कार्य सम्पन्न भईसकेको छ । शौचालय निर्माण थालिएको हरैचा बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गको छेउमा पर्छन् । सातवटै शौचालय एउटै डिजाइनमा निर्माण भइरहेको सार्बजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलाल बताउँछन ।

उक्त दुई स्थानको सार्वजनिक शौचालयको उद्घाटन असोज २७ गते दिनको २ बजे प्रदेश १ का मुख्य मन्त्री शेरधन राईबाट हुने सार्बजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलालले बताएका छन ।