देशभरीका जेसिज महासचिवहरुको पहिलो ऐतिहासिक भेला पोखरामा सम्पन्न


नेपाल जेसिज अन्तर्गतका १५६ वटा शाखाका महासचिवहरुको पहिले ऐतिहासिक भेला पोखराको टीका रिसोर्टमा असोज २३ र २४ गते पोखरा जेसिजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


उक्त कार्यक्रम नेपाल जेसिजका पुर्ब अध्यक्ष तथा पोखरा जेसिजका पुर्ब अध्यक्ष सिनेटर रबिन्द्र गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष गोकुल साप्कोटा,नेपाल जेसिजका पुर्ब कार्यकारीणी उपाध्यक्ष तथा पुर्ब महासचिव अरुणेश्वर खनाल,नेपाल जेसिजका पुर्ब कार्यकारीणी उपाध्यक्ष तथा पोखरा लेडि जेसिजकि अध्यक्ष संगीता पौडेल,पोखरा जेसिज-२०२० का अध्यक्ष शिव प्रसाद साप्कोटा लगायत रहनु भएको थियो।पोखरा जेसिज-२०२० का महासचिव अनन्त प्रधानाङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा त्रिभुवननगरका महासचिव मिनराज भाटले स्वागत मन्तव्य राख्नु भएको थियो।

।गैडाकोट जेसिजका महसचिब शंकर अधिकारीले संचालन गर्नु भएको उक्त औपचारिक कार्यक्रममा,नेपाल जेसिजका पुर्ब अध्यक्ष तथा प्रमुख अतिथि सिनेटर रबिन्द्र गुरुङ्ग तथा अतिथि नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष गोकुल साप्कोटाले मन्तब्य राख्नुभएको उक्त कार्यक्रमा बेलबारी जेसिजका महासचिव भुवन कार्किले जेसिज आस्था पाठ गराउनु भएको थियो भने बिराटनगर जेसिजका महासचिव अभिषेक थापा मगर तथा रजहर जेसिजका महासचिव रमेश तिमल्सिनाले देशै भरिका महासचिवहरुको तर्फ बाट उक्त कार्यक्रममा आफ्ना भनाइहरु राख्नु भएको थियो।


औपचारिक उद्घाटन कार्यक्रम अघि जेसिज मिट अन्तर्गत पोखराको फेवा तालको मध्य भागमा रहेको तालबराही मन्दिर परिसरको सरसफाइ समेत गरिएको थियो।उक्त सरसफाइ कार्यक्रमको संयोजकत्व पोखरा लेडि जेसिजकि महासचिव गायत्री फुयालले गर्नुभएको थियो। नारायणगढ जेसिजका महासचिव रबिन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन उक्त कार्यक्रम बुटवल जेसिजका महासचिव हरिबिक्रम कुवरले गर्नुभएको थियो।


नेपाल जेसिजको इतिहासमा पहिलो पटक सम्पन्न भएको उक्त महासचिव हरुको भेलाले जेसिजमा आवद्ध देशै भरीका युवाहरूलाई एक-आपसमा जोड्दै भाइचारा तथा बन्धुत्वको भावना वृद्धि गर्ने तथा युवा एकतामा समेत टेवा पुर्याउने बिश्वास रहेको कुरा आतिथ्य शाखाका महासचिव अनन्त प्रधानाङ्गले बताउनु भयो। औपचारिक कार्यक्रमका अलवा पोखराका मुख्य पर्यटकिय क्षेत्रहरुको छोटो भ्रमण समेत समेटिएको उक्त महासचिवहरुको भेला महासचिवहरुको बैठक बाट बिबिध निर्णय गर्दै समापन भएको थियो।

प्रमुख अतिथीले कार्यक्रमको उद्घाटन गर्नुहुदै।