सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा शनिबार थप ११ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको अनुसार नगरपालिकामा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा सुन्दरहरैचा नगरपालिका वडा नं १२ का ३ जना पुरुष, १ जना महिला, वडा नं ३ का १ जना पुरुष, वडा नं ४ का १ जना पुरुष, वडा नं ७ का १ जना पुरुष, वडा नं ९ का २ जना पुरुष, वडा नं १० का १ जना पुरुष, १ जन महिला रहेका छन ।
सक्रमित सबैको कन्ट्राक्ट ट्रेसिङको आधारमा स्वाब संकलन नगरपालिकाले गरेको थियो ।