एकै दिन ४ हजार ३ सय ६४ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १८ हजार ४७३ जनाको पिसिआर गर्दा ४ हजार ३६४ जनामा संक्रमण देखिएको हो।  

यस्तै, २ हजार ६७५ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ।

देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।