सुन्दरहरैचा उवा संघ: स्थगित भयो साधारण सभा

सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघको नवौ साधारण सभा स्थगित भएको छ । बिहिबार एक विज्ञप्ति प्रकाशन गरेर संघले साधारण सभा स्थगित गरेको हो ।

संघका अध्यक्ष नवराज चापागाई र महासचिव सन्तोष वान्तवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ : ” सुन्दरहरैचा उधोग वाणिज्य संघको नवौ अधिवेशन २०७७ असोज २३ र २४ मा हुने भनिएकोमा उक्त साधारणसभा समुदायमा फैलिएको कोभिड १९ का कारण नगरपालिकाले सभा सम्मेलन नगर्न जारी गरेको सुचनालाई मध्यनजर गरि हाललाई अर्को व्यवस्था नहुन्जेल सम्मको लागि स्थगित गरिएको छ ।”

नवौ अधिवेशनमा अध्यक्ष पदका लागि कृष्ण रिजाल र टीका कट्टेलले दावेदारी गर्ने निर्णय गरेका थिए । दुई व्यक्ती मध्ये एक जनालाई अध्यक्ष बनाउन संघमा लामो समय सम्म पनि सहमती नभएपछि हाललाई संघको नवौ अधिवेशन स्थगित भएको छ ।