सुन्दरहरैचा उवा संघ: चुनावी मिति लुकाएर विज्ञप्ति किन ?

बेलबारी । सुन्दरहरैचा उधोग वाणिज्य संघको नवौ वार्षिक साधारणसभा स्थगित भएको छ । बिहिबार संघले अध्यक्ष नवराज चापागाईद्वारा हस्ताक्षरित विज्ञप्ति निकाली संघको नवौ साधारण सभा स्थगित भएको जानकारी गराएको हो ।

तर संघले साधारण सभा स्थगित गरे पनि संघका अध्यक्ष चापागाईको हस्ताक्षर भएको विज्ञप्तिमा समाचार तयार पार्ने समय सम्म साधारण सभा कहिले गर्ने भन्ने विषय नै लुकाइएको छ ।

एउटा सामाजिक सस्था वा जिम्मेवार सस्थाको साधारण सभाको मिति नै लुकाउनु संघका अध्यक्ष माथी प्रश्न उठेको छ ।

दुई वर्षे कार्यकाल अवधी रहने सस्थामा पाच वर्ष एउटै व्यक्ती पदमा लोभ गर्फै बस्नु नै संघका व्यापारीहरुले प्रश्न चिन्ह गर्न थालेका छन । एउटै व्यक्तीले पाच वर्ष कार्यकाल सम्हालिरहदा समेत साधारण सभा नगर्नु अध्यक्ष माथी नै व्यापारीले प्रश्न चिन्ह खडा गर्न थालेका छन ।

तर संघका उधोग सचिव नगेन्द्र दाहालको अनुसार संघको आगामी साधारण सभा मंसिर १५ गते गर्ने निर्णय भएको छ । एउटा जिम्मेवार सस्थाको लेटर प्याडमा नै आगामी साधारणसभाको मिति लुकाउनु गैह्रजिम्मेवार भएको ठहर हुनेछ ।

दाहालका अनुसार संघको चुनावी मिति लुकाइएको बारे आफुले समितिमा जानकारी गराईसकिएको जनाएका छन । उनले मंसिर १५ गते नै संघको साधारणसभा हुने निर्णय भएको बताए ।