बेलबारीमा वडा अध्यक्ष सहित एकैदिन ११ जनामा कोरोना पुष्टि

बेलबारीमा वडा अध्यक्ष सहित एकैदिन ११ जनामा कोरोना पुष्टि
बेलबारीमा एक जना वडा अध्यक्ष सहित ११ जनालाई कोरोना पुष्टि भएको छ । बेलबारी वडानम्बर ९ का वडा अध्यक्ष नगेन्द्र खड्का सहित ११ जनामा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले जानकारी दिनुभएको छ । विश्वकर्माका अनुसार कोरोना पुष्टि हुनेहरुमा वडा नम्बर २ का ४ जना रहेका छन भने एनएमवि बैकका कर्मचारी १ जना, वडा नम्बर ५ का एक जना त्यस्तै वडा नम्बर १ का १ जना रहेका छन । यसअघि बुधबार नै वडानम्बर ४ का २ जना र १ का १ जनामा कोरोना पुष्टि भएको थियो ।
१९ गते नगरपालिकाले होम आइसोलेसनमा बसेका ३ जना सक्रमति सहित ३० जनाको स्वाब संकलन गरेर प्रदेश ल्याब बिराटनगरमा लगेको थियो । होम आइसेलेसनमा बेसेका ३ जना सहित २२ जनाको रिपोर्ट भने नेगेटिभ आएको नगरपालिका स्वास्थ्य शाखा ले जनाएको छ