सुन्दरहरैचा उवा संघ: झुटको खेती गर्दै अध्यक्ष चापागाई

बेलबारी । सुन्दरहरैचा उधोग वाणिज्य संघका अध्यक्ष नवराज चापागाई उधोग वाणिज्य संघको गतिविधी बारे भ्रामक सुचना बाढ्दै हिड्न थालेका छन ।

बुधबार बिहान निरन्तर खबरका एक सञ्चारकर्मी सगको फोन कुराकानीमा अध्यक्ष चापागाईले सुन्दरहरैचा नगरपालिकाको असोज २० गतेको बैठकको निर्णय अनुसार असोज २३ गतेको संघको निर्वाचन समेत हुन नसक्ने बताएका थिए । उनको भनाईलाई कोड गर्दै निरन्तर खबरका एक सञ्चारकर्मीले “सुन्दरहरैचा उवा संघ: तत्काल निर्वाचन हुन नसक्ने” शिर्षकमा समाचार सम्प्रेषण गरेका थिए ।

निरन्तर खबरमा समाचार सम्प्रेषण भए लगतै पुन चापागाईले आफुले उक्त कुरा नबताएको भन्दै सबै सग कुरा गर्दै हिड्न थालेका छन । तर चापागाईले निरन्तर खबरका सञ्चारकर्मी सग फोन सम्पर्कमा बोलेको कुरा सुरक्षित राखिएको छ । अध्यक्ष चापागाईकै भनाईलाई कोड गर्दै समाचार सम्प्रेषण भए पनि चापागाई अहिले आफुले उक्त कुरा नबोलेको दाबी गर्दै आईरहेका छन ।

अध्यक्ष जस्तो जिम्मेवारी पदमा बसेर संघको विषयमा भ्रामक कुरा बोल्दै र पछि बोलेको हैन भन्दै हिड्नु संघ माथी नै प्रश्न चिन्ह उब्जिएको छ । एउटा जिम्मेवार पदमा बसेर अध्यक्षले नै दुई थरीका कुरा गर्नु लज्जास्पद कुरा हो ।

सुन्दरहरैचा उधोग वाणिज्य संघमा अध्यक्ष पदको लागि दुई जना व्यक्तीको उम्मेद्वारी रहदै आएको छ संघमा कृष्ण रिजाल र टीका कट्टेलको अध्यक्ष पदमा दाबी रहदै आएको छ ।