बेलबारी ६ का १ जनामा कोरोना,नगरमा संक्रमितको संख्या ५५ पुग्यो


बेलबारीमा थप एक जनामा कोरोनाको पुष्टि भएको छ । बेलबारी वडा नम्बर ६ का ६५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । ज्वरो आएपछि नोवेल मेडिकल कलेज बिराटनगरमा गत असोज १७ गते शनिवार ति व्यक्तिको कोरोना परिक्षण गरीएकोमा मंगलबार आएको रिपोर्ट अनुसार कोरोना पुष्टि भएको विश्वकर्माले बताउनुभएको छ । उनको नोवेल मेडिकल कलेज बिराटनगरमै उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । १ जना थपिए सगै बेलबारीमा सक्रमतिको संख्या ५५ पुगेको छ । जसमा ४४ जनाले कोरोनालाई जितेका छन् ।