सुन्दरहरैचामा एकै दिन १८ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा मंगलबार थप १८ जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार कन्ट्राक्ट ट्रेसिङको आधारमा विभिन्न व्यक्तीको स्वाब परिक्षण गर्दा सुन्दरहरैचा नगरपालिका वडा नं २ को एक जना ७७ वर्षको पुरुष, ६५ वर्षकि महिला, वडा नं १२ को २९ वर्षिय एक जना पुरुष, वडा नं ३ को ५२ वर्षिय एक जना पुरुष, २८,२९ र ३० वर्षिय ३ जना महिला, वडा नं ४ को २८ वर्षिय एक जना पुरुष , ५२,३०,२९,३८,३७,६४ वर्षिय ६ जना महिला, वडा नं १० को ३४ वर्षिय एक जना पुरुष, ३३,३४ वर्षिय २ जना महिला, वडा नं ९ को ७७ वर्षिय पुरुष र ६५ वर्षिय एक जना महिला मा कोरोना पुष्टि भएको हो ।

त्यस्तै क्वारेन्टाइनमा रहेकी वडा नं ६ कि ३९ वर्षिय एक जना महिलामा समेत कोरोना पुष्टि भएको छ ।

शुक्रबार ८२ जनाको स्वाब परिक्षण गर्दा १८ जनामा कोरोना पोजेटिभ आएको हो ।