बेलबारीका १ व्यवसायीलाई कोरोना

बेलबारीका एक जना ब्यबसायिलाई कोरोना संक्रमण पुष्टी भएको छ । बेलबारी ३ का ३५ बर्षीय युवामा कोरोना पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले बताउनु भयो । नोवेल मेडिकल कलेजमा आइतवार ति युवाको कोरोना परिक्षण गरीएको थियो । १ नयाँ सक्रमित थपिएसगै बेलबारीमा सक्रमितको सख्या ५४ पुगेको छ । जसमा ४३ जनाले कोरोनालाई जितेका छन भने २ जनाको मृत्यु भएको छ । यस्तै बेलबारीमा सोमवार ३० जनाको पिसिआर परिक्षण गरीएको छ ।