इटहरीमा थप २१ जनामा कोरोना पुष्टि

इटहरी । इटहरीमा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । इटहरी अस्पतालका अनुसार विभिन्न समयमा गरिएका परीक्षणमध्ये थप २१ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

संक्रमितहरुमा इटहरी १ का १ जना, २२ बर्षीय पुरुष, इटहरी ४ का २ जना, ३० बर्षीय पुरुष र ३८ बर्षीया महिला, इटहरी ५ का २ जना, ३०, ४४ बर्षीय पुरुष, इटहरी ६ का ८ जना, ९, २१, २४, २८, ५२ बर्षीय पुरुष र २२, ३०, ५० बर्षीया महिला इटहरी ८ का ४ जना, ५५ बर्षीय पुरुष, २४, ५६, ८० बर्षीया महिला, इटहरी ९ का १ जना, २५ बर्षीया महिला, इटहरी ११ को १ जना, २८ बर्षीय पुरुष, इटहरी १३ का १ जना, २४ बर्षीया महिला रहेका छन् ।

त्यसै गरि नोवेल अस्पतालमा आफैँ जाँच गराएका मध्ये इटहरी १३ का १ जना, ५१ बर्षीया महिला रहेका छन् ।