सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी, सुनसरी ईनरुवा-३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी दुहबी-१०का २६ बर्षीय दिपक कुमार यादब र हरीनगर-६ का ३४ बर्षीय सहिद मिया रहेका छन ।

पक्राउ परेका दुबै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाई छिपाई राखिरहेको भन्ने सुचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो विहान ९ बजे नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात उनिहरुले लुकाउदै गरेको बोरा चेकजाँच गर्दा १४० बोतल DIALEX-DC,  ३९६० क्याप्सुल SPASMO-PROXYVON plus र १३५० Nitra vet ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यसै गरी सुनसरीकै कोशी गाँउपालिका-३ नहर चोकबाट २८ बर्षीय कमरुदिन मिया लागुऔषध सहित पक्राउ परेका छन । विशेष सुराकका आधारमा उनलाई हिजो साढे १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मियालाइ पक्राउ गरिएसंगै उनले बोकेको झोला खोलेर चेकजाँच गर्दा ४५  बोतल DIALEX-DC र ३२८ क्याप्सुल SPASMO-PROXYVON plus फेला बारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।