बेलबारीमा आज २ संक्रमित थपिए,जम्मा कोरोना संक्रमित ५३


बेलबारीमा आइतबार २ जना कोरोना संक्रमित थपिएका छन । बेलबारी वडानम्बर २ का २१ वर्षिय पुरष र वडानम्बर ४ की २६ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वर्माले जानकारी दिनुभएको छ ।
उनिहरुको नोवेल मेडिकल कलेज बिराटनगरमा पिसिआर परिक्षण गरीएको थियो । २ नयाँ सक्रमित थपिएसगै बेलबारीमा संक्रमितको सख्या ५३ पुगेको छ । जसमा ४३ जनाले कोरोनालाई जितेका छन भने २ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ८ जना छन् ।