बेलबारीमा बस दुर्घटनामा ४ जना घाइते


पुवपश्चिम राजमार्ग अन्तर्गत बेलबारीको भाउन्नेमा सनिवार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् । धरान बाट काकडभिट्टा जाँदै गरेको को १ ख ५०७९ नम्बरको यात्रुबाहक बस बेलबारी १० भाउन्नेमा अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । घाइतेमध्ये पथरीका रमेश न्यौपानेको अवस्था केही गम्भिर रहेको छ । घाइतेको बिराटनगर स्थीत न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।