पथरी । नगरप्रमुख शिव प्रसाद ढकालको सम्बोधनले खोला मजदुरहरुको अनुहारमा खुशीयाली छाएको छ । शुक्रबार नगरपालिकामा नगरप्रमुख ढकाललाई भेट्न आएका मजदुरहरु नगरप्रमुख ढकालको सम्बोधनले खुशी भएका छन ।
नगरप्रमुखले नगरपालिका मजदुरको लागि सदैव साथमा रहेको बताए पछि खोला मजदुरहुरु खुशी भएर फर्किएका थिए । कथित युवा संघका युवाहरुले मजदुरहरुलाई ललाई फकाई प्रयोग गरि नगरपालिकामा धर्ना दिन आएका मजदुरहरु नगरप्रमुख ढकालको सम्बोधनले खुशी हुँदै नगरप्रमुख प्रती सकारात्मक हुँदै फर्किएका थिए ।
युवा संघका ती युवाहरु कोहि पनि खोलामा काम गर्ने मजदुर हैनन । ट्याक्टर व्यवसायीको फेरि समाउदै फाइदा लिदै आफू युवा संघको मान्छे हु भन्ने ती युवाहरुले मजदुरलाई विभिन्न आश्वासन दिएर धर्ना कार्यक्रममा सहभागी गराएका थिए ।
शुक्रबार बिहान खोला उत्खननमा संलग्न ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएपछी युवा संघका युवाहरुले प्रहरीको नियन्त्रणमा रहेको चार वटा ट्याक्टर छुटाउन नेकपाका गैह्रमजदुर युवाहरुले विभिन्न ट्याक्टर व्यवसायीहरु सगको साठगाठमा मजदुरहरुलाई प्रयोग गरि नगरपालिकामा धर्ना दिन आएका थिए । ती युवा संघका युवाहरुको माग मजदुरको लागि भन्दा पनि ट्याक्टर छुटाउन मै केन्द्रित रहेको थियो ।
नगरप्रमुख ढकालले एक पटकलाई ट्याक्टर छुटाउने आश्वासन दिए लगतै युवा संघका युवाहरुले धर्ना कार्यक्रम रोकेका थिए । नगरप्रमुख ढकालले १५ दिन भित्र खोला ठेक्का खुल्ने आश्वाशन दिदै कोहि पनि मजदुर भोकले मर्नु नपर्ने बताएका छन ।
नगरप्रमुख ढकालले आइतबार देखि मजदुरहरुलाई खोलामा काम गर्न आग्रह गरेका छन । नगरप्रमुख ढकालको सम्बोधन पश्चात मजदुरहरु खुशी हुँदै घर फर्किएका थिए । नगरप्रमुखको सम्बोधनमा मजदुरहरु खुशी भए भने युवा संघका युवाहरु निराश हुँदै फर्किएका थिए ।
नगरप्रमुख विभिन्न कार्यक्रममा सामेल हुन नगर भन्दा बाहिर रहेको बेला उक्त धर्ना कार्यक्रम शुरु भएको थियो । नगरपालिकामा उपप्रमुख स्वयम् हुदा हुँदै पनि बाहिर मजदुरको नारा जुलुश हुँदै गर्दा पनि आफ्नै कार्यकक्षमा चुप लागेर बसिरहेकी थिईन । धर्ना कार्यक्रममा युवा संघका युवाहरु उपस्थिती भएका कारण उपप्रमुख देखा नपरेको धर्ना कार्यक्रममा उपस्थित केही मजदुरहरुले बताएका छन ।
तर नगर भन्दा बाहिर रहेका नगरप्रमुख ढकाल स्वयं उपस्थित भएर मजदुरको कुरा सुनेपछी मजदुरहरु झन खुशी भएका छन । सम्बोधन गर्दै नगरप्रमुख ढकालले कसैले उचालेको भरमा कति पनि निराशा नहुन र विचलित नहुन आग्रह गरेका छन । उनले मजदुरहरुमा केही समस्या भए आफुलाई स्वयम् बताउन समेत आग्रह गरेका छन । उनले आफू मजदुरहरुकै पक्षमा रहने तर ट्याक्टर, जेसिबी जस्ता व्यवसायहरुले उचालेको भरमा निराशा नहुन आग्रह गरेका छन ।
बाहिर धर्ना रहेको बेला उपप्रमुख न्याय सम्पादनमा व्यस्त थिईन । तर मजदुरहरुले ५ मिनेटको समय माग्दा समेत उपप्रमुखले दिन सकेकी थिईनन । नेकपाको फेरो समाउदै ती युवाहरु आफुलाई सोघोषित भ्रष्टाचार अभियान्ता हु भन्ने गर्छन । बाहिर बाहिर भ्रष्टचार विरुद्दको अभियान्ताहरु भित्र भित्र अवैध खोला उत्खननमा संलग्न भएको जानकारी प्राप्त भएको छ ।
आफू भ्रष्टचार विरुद्दको अभियान्ता भन्ने उनिहरुले नै अवैध उत्खननमा पक्राउ परेका ट्याक्टरहरु छाड्न माग गर्दै नगरमा धर्ना दिएका हुन । लकडाउनको बेला बन्द भएको खोला उत्खननमा अवैध तरिकाले जेसिबी , ट्याक्टरहरु खोलामा पसाएर अवैध तरिकाले खोला उत्खननमा भ्रष्टाचार विरुद्दका अभियान्ताहरु नै सामेल भएको जानकारी प्राप्त भएको छ । बन्दको बेला अवैध तरिकाले खोला उत्खनन गर्न नपाए पछि नगरप्रमुख विरुद्द मजदुरलाई उचालेर आफ्नो फाइदा लिन ती युवाहरुले यस्तो कार्य गरेका थिए ।
तर नगरप्रमुखको सम्बोधन पश्चात् मजदुरहरुले ताली बजाएर मेयरको पक्षमा उभिएका थिए भने कथित युवा संघका युवाहरु उक्त भिडबाट निराश हुँदै कालो मुख बनाएर फर्किएका थिए ।