प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई पनि कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनले शनिवार ट्विटमार्फत आफूलाई कोभिड(१९ पोजिटिभ भएको जानकारी दिएका छन्।

‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’ उनले ट्विटरमा लेखेका छन्।

आजै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना पुष्टि भएको छ।