बेलबारीका एक जनप्रतिनिधि सहित २ जनामा कोरोना


बेलबारी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण देखीएको छ । बेलबारी वडा नम्बर ५ का एक जना वडा सदस्यमा कोरोना सक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार वडासदस्य ४० वर्षिय पुरुष र उहाँकै परिवारका सदस्य ८४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । ती जनप्रतिनिधि केहि दिन अघि परिवारका सदस्यको उपचारका लागि विराटनगर गएका थिए ।
वडा सदस्यलाई कोरोना सक्रमण पुष्टि भएपछि वडा नम्बर ५ को कार्यालयमा अत्याआवश्यक बाहेकका काम केहि दिनका लागि बन्द गर्ने निर्णय गरीएको वडाध्यक्ष विवबन्धु बस्नेतले बताउनु भयो ।