सुन्दरहरैचामा बोक्सीको आरोपमा महिला माथी कुटपिट

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा एक महिला माथी बोक्सीको आरोपमा कुटपिट भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ३ आइतबारे बस्ने वर्ष ३८ कि एक महिला माथी कुटपिट भएको हो ।

पिडित महिलाले आफू माथी कुटपिट भएपश्चात ईलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएकी छिन । जाहेरी पश्चात् प्रहरीले सुन्दरहरैचा ३ कि स्थानीय २९ वर्षीया धनहीरा राईलाई पक्राउ गरेको छ ।

राई मंगलबार साझाबाट शरीरमा धामी उत्रिएको भन्दै राई थाल बजाएर चिन्ता बसेकी थिइन् । सोही चिन्ता हेर्न आएकी छिमेकी महिला माथी राईले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

महिलामाथि त्रिसूल प्रहार भएकोले पेट, हात, काँध, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

कुटपिट गर्ने महिलाविरुद्ध बोक्सी आरोपको कसुरमा कारबाही अघि बढाउन अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । पीडित महिलाको बेलबारीमा उपचार भइरहेको छ ।