बिहिबार सुन्दरहरैचामा थप दुई जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा थप दुई जना पुरुषमा कोरोना पुष्टि भएको छ । बिहिबार सुन्दरहरैचा नगरपालिका वडा नं ९ र १० का एक/एक जना पुरुषलाई कोरोना देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको अनुसार १० नं वडाको ३८ वर्षिय एक पुरुषलाई कोरोना पुष्टि भएको हो । उनले लहानको सिरहामा स्वाब परिक्षण गरि सुन्दरहरैचा नगरपालिका आएका थिए । उनलाई उपचारको लागि धरान लगिएको स्वास्थ्य शाखाले जनाएको छ ।

यता सुन्दरहरैचा नगरपालिका वडा नं ९ मा भेटिएका व्यक्ती काङ्ग्रेसका महा समिती सदस्य हुन । उनी केही दिन अघि काठमाडौबाट सुन्दरहरैचा नगरपालिका आएका थिए । बिहिबार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरि आफुलाई कोरोना पुष्टि भएको बताएका थिए ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •