सुन्दरहरैचा उवा संघ: नेकपामा अध्यक्षको संकट

पथरी । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुन्दरहरैचा उधोग वाणिज्य संघको निर्वाचनको चहलपहल बढिरहेको बेला नेकपाले भने अध्यक्ष पदको उम्मेद्वार नै भेटेको छैन ।

नेकपाबाट अध्यक्ष पदको लागि सन्तोष वान्तवा उठ्ने हल्ला सुन्दरहरैचामा आए पनि नेकपाले नै उनलाई अध्यक्षको लागि सिफारिस नगर्ने देखिएको छ । नेकपाले वान्तवाको नामलाई वेवस्ता गरि गैह्र राजनितिक व्यक्ती साथै गैह्र व्यवसायिक व्यक्ती टीका कट्टेललाई सिफारिस गरेको स्रोतले बताएको छ । टीका कट्टेललाई आफू चुनावी मैदानमा जाने मनासय नरहदा पनि नेकपाले जबरजस्ती अध्यक्षमा उठ्न दबाब दिरहेको नेकपा स्रोतले बताएको छ । नेकपाका एक व्यक्तीले भने ” नेकपामा अध्यक्ष उठ्ने यत्रो जनशक्ती हुदा पनि पार्टीले गैह्र राजनितिक व्यक्ती उठाउन खोजिरहेको छ । सायद नेकपामा योग्य व्यक्ती नभएको हुन सक्छ । “

यता सन्तोष वान्तवा हाल रहेको सुन्दरहरैचा उधोग वाणिज्य संघको महासचिव हुन । उनी नेकपाको लागि उधोग वाणिज्य संघको अध्यक्ष पदको उम्मेदवारको लागि बलियो दाबेदारी साथै सामाजिक व्यक्तित्व समेत हुन । पार्टीमा समेत बलियो पावर बोकेका वान्तवालाई भने नेकपा, सुन्दरहरैचाले कमजोर साबित गराईदिएको छ । साबीक नेकपा एमाले हुदा वान्तवा ओली निकट रहेका पार्टीका एक बलियो युवा नेतृत्वमा जोडिन्छन । उनी साबिक नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य समेत निर्वाचित भएका थिए ।

यता हाल सुन्दरहरैचा उधोग वाणिज्य संघका अध्यक्ष समेत रहेका नवराज चापागाईले पदको दुरुपयोग गरि संघको कार्य क्षेत्र भन्दा बाहिरका ४५ जना व्यवसायीक फर्मलाई चुनाव कै लागि संघमा दर्ता गरेका छन । सुन्दरहरैचा नगरपालिका भित्र रहेको अर्को सुन्दरदुलारी उधोग वाणिज्य संघको कार्य क्षेत्रमा दर्ता भएको फर्मलाई अध्यक्ष चापागाईले नेकपा भएकै कारण भोटको लागि अर्को संघमा दर्ता गराएका छन ।

संघमा अध्यक्ष पदको लागि कृष्ण रिजालले उम्मेद्बारी दिने भएका छन । उनलाई नेपाली काङ्ग्रेसले समर्थन जनाउन सक्ने सम्भावना देखिएको छ । कोशीहरैचा उधोग वाणिज्य संघ भएकै बेला उनी संघको वरिष्ठ उपाध्यक्षमा कार्यरत छन । तत्कालिन अवस्थामा नेकपा एमाले र नेकपा माओवादी बिच भिन्नमत हुदा नेपाली काङ्ग्रेसले नेकपा माओवादीलाई सहमती जनाउदै अध्यक्षमा नवराज चापागाई र वरिष्ठ उपाध्यक्षमा कृष्ण रिजाललाई सघाउने भद्र सहमती भएको थियो । नेपाली काङ्ग्रेसले समर्थन जनाएकै कारण चापागाईले अध्यक्ष पद पाएका थिए । चापागाई अध्यक्ष हुनु भन्दा अगाडि संघमा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्षमा गोपाल थापाले कार्य भार सम्हालेका थिए ।

उक्त सहमतिकै आधारमा पनि अहिले अध्यक्ष पदको लागि रिजाल एक मात्र बलियो उम्मेदवार बनेको जानकारहरु बताउछन । संघमा आवद्ध व्यापारीहरुले भने चुनावी मैदानबाट भन्दा पनि पहिलाकै भद्र सहमती अनुसार अघि बढ्दै कृष्ण रिजाललाई नै अध्यक्ष बनाउनु पर्ने धारणा राखेका छन । यदि भद्र सहमती तोडेर राजनितिक तवरबाट संघ अघि बढे व्यापारीहरुले चुनाव मार्फत अघि बढेर कृष्ण रिजाललाई अध्यक्ष बनाउने तयारीमा समेत व्यापारीहरुको मत रहेको छ ।

रिजाल अन्य प्रतिस्पर्धी उम्मेद्बवार भन्दा १७ वर्ष देखि व्यवसायीक क्षेत्रमा लागेर व्यवसायीको हक हितमा लागेर काम गर्दै आएका व्यक्ती हुन । यता रिजाललाई नेपाली काङ्ग्रेसले अध्यक्ष पदमा सहमती जनाउने तयारी गर्दै गर्दा नेकपामा भने हलचल देखिएको छ । रिजालको सामाजिक कार्य देखेर पनि नेकपाबाट कोहि पनि व्यक्ती रिजाल सग चुनावी मैदानमा उत्रीने तयारीमा देखिदैनन । कतिपय नेकपा निकट नेताहरुले समेत पहिला कै भद्र सहमती अनुसार रिजाललाई नै अध्यक्ष बनाउनु पर्ने जोड दिदै आएका छन ।

सर्वसम्मत रुपमा अध्यक्ष सहित अरु पदाधिकारीको टुंगो लगाउने जिम्मेवारी उधोगपती भोलेश्वर दुलालले लिएका छन । तर कृष्ण रिजाललाई अध्यक्षमा सर्वसम्मत गरिएन भने सहमतिमा संघको कार्यकाल टुंगो लाग्ने देखिदैन ।

संघको अध्यक्ष चयनका लागि आफुलाई दाबेदार गर्ने तीन व्यक्ती अहिले सबै व्यापारी सग लबिङमा छुट्टाछुट्टै लागिरहेका छन । तीन व्यक्ती कृष्ण रिजाल,टीका कट्टेल र सन्तोष वान्तवा हुन । टीका कट्टेल चुनावी प्रतिस्पर्धा गरेर आफू अध्यक्ष नबन्ने बताईरहेका छन भने कृष्ण रिजाल र सन्तोष वान्तवा मध्ये पुर्व सहमतिको आधारमा कृष्ण रिजाल अध्यक्ष पदको लागि पक्कापक्की देखिन्छ । हालको वरियताकै आधारमा समेत हेर्दा कृष्ण रिजाल नै अध्यक्ष पदको लागि सक्षम देखिएका छन ।

संघम नेपाली काङ्ग्रेस समर्थित व्यापारीहरुको बहुमत छ । यहि कारणले पनि नेकपालाई अध्यक्ष चुन्न सकस परिरहेको छ । काङ्ग्रेसकै बहुमतका कारण पनि नेकपा चुनाव नगरी सर्वसम्मत रुपमा अध्यक्ष चुन्न लागि परेको काङ्ग्रेसका एक नेताले बताए । सोही कारण पनि हालका अध्यक्ष चापागाई लगायत नेकपाले नागरिक समाजका टीका कट्टेललाई समर्थन गरेको छ तर कट्टेल प्रती व्यापारी सकारात्मक देखिदैनन ।

सुन्दरहरैचा नगरपालिकामा दुई वटा संघ रहेको छ । दुई संघलाई एक बनाउन चापागाईको थप एक वर्ष कार्यकाल थपिएको थियो तर नेकपा निकटका अध्यक्ष चापागाईको असक्षमताले दुई संघ एक हुन अझै सकिरहेको छैन ।