उर्लावारीकी कोरोना संक्रमित बृद्धाको होम आइसोलेसनमा मृत्यु

उर्लावारी । मोरङको उर्लाबारी नगरपालिका- २ कि ८४ वर्षिया एक कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ ।

संक्रमित बृद्धाको विहिवार बिहान सालवारी स्थित आफ्नै घरमा मृत्यु भएको वडा नम्वर २ का अध्यक्ष राजन कुमार कडेलले जानकारी दिनुभयो । यो उर्लावारीको पहिलो घटना हो । दिर्घरोगले थलिएकी बृद्धालाई दुई दिनअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराएर घर ल्याईएको थियो ।

उनको स्वाव परिक्षण भने कोशी कोभिड अस्पतालमा गरिएको अध्यक्ष कडेलले जानकारी दिनुभयो । नगरमै कोरोना संक्रमण पुष्टि भएको पहिलो मृत्युको घटना वाहिर आएपछि सवै बडा वासीलाई उच्च सर्तकता अपनाउन वडा कार्यलयले अपिल गरेको छ ।

बृद्धाको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले तयारी थालेको नगरपालिका स्वास्थ्य शाखाका संहसंयोजक सुरेश खड्काले जानकारी दिनुभयो ।