बेलबारीमा असोज २३ गते देखी कक्षा ११ को परिक्षा हुने


बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ को पढाई संचालन गरीरहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रद्यानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । बैठकले परिक्षा संचालन गर्नका लागि एक समिति समेत गठन गरेको छ । गोबिन्द भन्डारीको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरेको हो । समितिको सदस्यमा खगेन्द्र लुइटेल, टेक नारायण शाह, भुपाल बस्नेत, सदस्य रहेका छन भने सदस्य सचिवबमा नारायण कोइराला रहेका छन । नगर क्षेत्र भित्र परिक्षामा ७ वटा सामुदायिक बिद्यालयर २ वटा संस्थागत बिद्यालयलका बिद्यार्थीले सहभागिता जनाउने शिक्षा शाखा अधिकृत भुपेन्द्र कोइरालाले बताए ।