आज बेलबारीका २ व्यक्तिमा कोरोना पुष्टि

         

बेलबारीमा सोमबार थप २ जनामा कोरोना संक्रमण देखीएको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माका अनुसार बेलबारी १ की २६ वर्षिया महिला र बेलबारी १ कै ६३ बर्षीय १ पुरुषमा संक्रमण पुष्टि भएको हो । नोवेल मेडीकल कलेज विराटनगरमा भएको स्वाव परिक्षणमा युवतीमा संक्रमण पुष्टि भएको जानकारी आएको र यसबारे थप बुझ्ने प्रयास भैरहेको विश्वकर्माले जानकारी दिनुभएको छ । बेलबारी १ का संक्रमित पुरुष भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए ।
आज २ जना थपिए सगै बेलबारीमा सक्रमितको सख्या ५१ पुगेको छ भने ३१ जना निको भैसकेका छन् । २ जनाको भने मृत्यु भइसकेको छ ।