नोबेलमा मूलुककै सबैभन्दा सस्तो पीसीआर परीक्षण

सुन्दरहरैचा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाइ भइरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो ।

नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो । तर, सरकारीस्तरबाट अनुमति दिन ढिलाइ भइ आइतबार परीक्षणको अनुमति दिइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै पीसीआर परीक्षण थालिएको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘हामीले पीसीआर मेसिन ल्याएर ल्याब बनाइ परीक्षणका लागि एक महिना अघि नै सम्पूर्ण तयारी गरेर अनुमति पर्खिरहेका थियौं ।’ डा.शर्माले भने–‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि पीसीआर परीक्षण सुरु गरेका हौंं ।’

नोबेलले पीसीआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ । भने परिक्षण गरेको ४ देखि ६ घण्टा भित्रै रिपोर्ट आउनेछ । यो मूलुककै सबैभन्दा सस्तो पीसीआर परीक्षण शुल्क हो ।




Leave a Reply

Your email address will not be published.