सुन्दरहरैचामा भएको दुर्घटनामा एक जना घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते भएका छन । सुन्दरहरैचा नगरपालिका वडा नं ४ दुलारी स्थित पुर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको को ३९ प २१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

मादक पदार्थ सेवन गरी आफै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ । इटहरी उपमहानगरपालिका २० बस्ने वर्ष ३२ को सन्तोष खड्का सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनको विराटनगर स्थित निबेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।