बेलबारीका मेयरसहित सहित ५ जनामा कोरोना नेगेटिभ


बेलबारी नगरपालिकाका मेयर,प्रवक्ता सहित ५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाह, प्रबक्ता योगेन्द्र सुवेदी, वडा नम्बर १ का वडाध्यक्ष चक्र बहादुर खुलाल र नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सवेदीको रिपोट नेगेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले बताए । उनका अनुसार शनिवार नगर प्रमुख सहित ५ जनाको स्वाव संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा लगिएको थियो । केहीदिन अघि सांसद अमनलाल मोदीलाई कोरोना पुष्टि भएपछि मोदीसँगै एक कार्यक्रममा सहभागी भएका मेयर सहित ५ जनाको परिक्षण गरिएको हो । केहीदन होम क्वारेन्टिनमा बसीपछि उनीहरुको परिक्षण गरिएको हो ।