स्रस्टा समाज बेलबारीको तेस्रो साधारणसभा सम्पन्न


सांस्कृतिक रुपान्तरणमा स्रस्टाको भुमिकाबारे छलफलसहित स्रष्टा समाज नेपालको तेस्रो साधारणसभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेलबारी २ स्थित शिक्षा सन्देश स्कुलको सभाहलमा शनिबार आयोजित कार्यक्रममा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पाध्यापक डाक्टर बद्रीविशाल पोखरेलले सांस्कृतिक रुपान्तरणमा स्रष्टकाको भुमिका शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा डाक्टर पोखरेलले परम्परागत धर्म र संस्कृतिका तमाम जनमुखी तथा जीवनउपयोगी पक्षहरु उजागर गरी प्राप्त उपलब्धीहरुको जगेर्ना गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा विभिन्न संस्था तथा व्यक्तिहरुलाई उनीहरुको योगदानको कदर सहित सम्मान गरिएको स्रष्टा समाजका सचिव जेवी थुलुङले जानकारी दिनुभएको छ ।
कार्यक्रमका अतिथी डाक्टर भिम खतिवडाले पनि आफ्नो विचार राख्नुभएको थियो । यस्तै मेदीनीप्रसाद बराल,राजेश खत्री,प्रताप थापा,डिपी राई लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष हर्कमान तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।