विद्यार्थी सिकाई सहजिकरणका लागि सिकाइ केन्द्र जाने तयारीमा लक्ष्मी मा. बि.

बेलाबारी।कोरोना भाईरस (कोभिड-१९) का कारण अहिले विश्वनै अफ्ट्यारो परिस्थितीमा छ। नेपाल पनि कोरोनाको सन्क्रमणबाट नराम्रो सङ्ग प्रताडित भएको छ। कोरोना भाईरसका कारणले नेपालको स्वास्थ्य,शिक्षा,यातायात,उद्ध्योग,पर्यटन ,होटल ब्यवसाय,कृषी लगायतका अन्य थुप्रै क्षेत्रहरु प्रभाबित भएका छन।बिशेष गरी अहिले नेपालको शैक्षिक क्षेत्र नराम्रो गरी प्रभाबित मात्र भएन २०७६ सालको एस.ई.ई. परिक्षा संचालन गर्न सरकार असमर्थ हुँदा बिद्यालयको आन्तरिक मुल्याङ्कनलाई परिक्षा बोर्डले मान्यता दियो र त्यही मुल्याङ्कनलाई बैधता प्रदान गर्दै परिक्षा बोर्डले उक्त परिक्षाको नतिजा समेत प्रकाशन गरिसकेको छ।एस.ई.ई.परिक्षा मात्र होइन अहिले कक्षा ११,१२ र विश्वाबिद्यालय तहका बिभिन्न परिक्षाहरु सन्चालन हुन सकिरहेका छैनन।

यसै सन्दर्भमा बिद्यालय शिक्षा अरु बढी प्रभाबित नहोस् भनेर नेपाल सरकारले भर्खरै मात्र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका -२०७७ जारी गरेको छ। निर्देशिका जारी भएसङ्गै बिभिन्न पालिका अन्तर्गतका थुप्रै बिद्यालयहरुले बिद्यालय तहको पठन-पाठन सुरु गरेका छन। कतिपय पलिकाहरुले बिद्यालय हाता भित्र कक्षा सन्चालनका लागि रोक लगाएकाले बैकल्पिक ढङ्ग बाट बिद्यालयहरुले कक्षा सन्चालन गर्नु पर्ने बाध्यता छ।

बेलाबारी नगरपालिकाले पनि कोरोना सन्क्रमणको सम्भावना प्रबल रहेको भन्दै बिद्यालय भित्र कक्षा सन्चालन गर्न रोक लगाए पछी बेलाबारीका संस्थागत तथा सामुदायिक बिद्यालयहरुले बैकल्पिक ढंगबाट समुदाय स्तरमै कक्षा सन्चालनको तयारी थालका छन।यसै क्रममा बेलाबारीका अग्रणी बिद्यालयहरु मध्यको एक बेलाबारी-११ मा सन्चालित लक्ष्मी माद्यामिक बिद्यालयले पनि विद्यार्थी सिकाइ सहजिकरणका लागि सिकाइ केन्द्र जाने तयारी थालेको छ। यस अघि बिद्यालयले समुदाय स्तरमा ८ वटा सिकाइ केन्द्र स्थापना गरेर कक्षा सन्चालन गर्दै आएकोमा बेलाबारी नगरपालिकामा समुदयस्तरमा कोरोना फैलिएपछी करीब डेढ महिना पछी बिद्यालयले कक्षा सन्चालनको कार्य स्थगन गर्न वाध्य भएको कुरा उक्त बिद्यालयका शिक्षक राजेश बस्नेतले बताउनु भयो।

अहिले आएर विद्यार्थी सिकाई सहजीकरण निर्देशिका -२०७७ जारी भए सङ्गै लक्ष्मी मा.बि.ले पुन सिकाइ केन्द्र जान साथै सुरक्षित र प्रभाबकारी कक्षा सन्चालनका लागि बिद्यालयले ब्यापक तयारी थालेको र यसका लागि बिद्यालयले बिद्यार्थिको तथ्याङ्क संकलन ,सिकाई केन्द्रहरुको निर्धारण,सिकाई सहजीकरण सामग्रीको ब्यबस्थापन ,फेस सिलको निर्माण लगायतका कार्यहरु तदारुकताका साथ गरिरहेको कुरा बिद्यालयका प्रधानाध्यापक गोबिन्द भण्डारीले निरन्तर खबरालाई बताउनु भयो।पछिल्लो समय बेलाबारी र आसपासका सामिदायिक बिद्यालयहरुलाई मात्र होइन लक्ष्मीमार्ग क्षेत्रका निजी स्तरमा संचालित संस्थागत विद्यालयलाई पनि लक्ष्मी माबिले उछिन्दै आएको छ। जस्को उदाहरणको रुपमा लक्ष्मी मा.बि.को एस.ई.ई.परिक्षाको नतिजालाई लिन सकिने कुरा उक्त बिद्यालयका सहायक प्रधानाध्यापक तुल्सिराम खरेलले बताउनु भयो।उक्त बिद्यालयले २०७४ सालको एसईई परिक्षामा बेलाबारी नगर भरीकै उत्कृष्ट नतिजा ल्याएर पुरस्कृत भएको तथा २०६८ र २०६९ मा लगातर २ बर्ष सम्म जिल्लाभरीका समुदयिक बिद्यालयहरु मध्य सर्बोत्कृष्ट भएर बिद्यालयले आफुलाई अब्बल प्रमाणित गरिसकेको कुरा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गर्वराज राईले बताउनु भयो।

लक्ष्मी माबिले छोटो समयमा निक्कै लामो शैक्षिक उन्नतिको फड्को मार्न सफल भएको कुरा आम अभिभाबकहरुको पनि बुझाई छ।
के छन लक्ष्मी मा.बि.का विशेषता?
लक्ष्मी मा.बि.ले बिगतका -एस.ई.ई.परिक्षाहरुमा उत्कृष्ट नतिजा दिएको गर्विलो इतिहास छ।
-भौतिक रुपमा सुबिधासम्पन्न छ।
-बिद्यालय हाता भित्र भलिबल ,ब्याडमिन्टन,टेबलटेनिस,ब्याडमिन्टन कबड्डी लगायतका खेल संचालनका लागि यथेष्ट प्रबन्ध मिलाईएको छ।
-विद्यालयको आफ्नै खेलमैदान छ।
-सुबिधासम्पन्न कम्प्युटर ल्याब ई-लाइब्रेरी तथा साईन्स ल्याबको ब्यबस्था गरिएको छ।
-कक्षै पिच्छे बुक कर्नर तथा सुबिधासम्पन्न लाइब्रेरीको प्रबन्ध गरिएको छ।
-बिद्यालय परिसर भित्र सुरक्षाको लागि सुरक्षागार्ड राखिनुका साथै आइ.पि.क्यामरा जोडान गरि प्रत्यक्ष निगरानीको ब्यबस्था मिलाइएको छ।
-बिद्यालय हाताभित्रै चमेना गृहको ब्यबस्थापन छ।
बिद्यालय परिसर भित्र मनमोहक फुलबारी,पानीको फोहोरा,बालबालिकाहरुकालागी पिङ्ग र अन्य खेल सामग्रीको एथेष्ट प्रबन्ध मिलाइएको छ।
-दक्ष,अनुभबी,तालिम प्राप्त,युवा तथा जागरुक शिक्षकहरुको बाहुल्यता छ।
-चुस्त ब्यबस्थापन र पारदर्शी प्रसाशन छ।

एउटा उत्कृष्ट बिद्यालयमा हुनुपर्ने सम्पुर्ण सुबिधाहरु भएको लक्ष्मी मा.बि.मा आमअभिभावकहरुको भरोसा र बिश्वास क्रमिक रुपमा बढेको पाइन्छ।यसैको परिणाम स्वरुप यसै शैक्षिक शत्रमा बिद्यालयमा २५० जना भन्दा बढी नयाँ बिद्यार्थिहरु भर्ना भएका छ्न।२९ जना शिक्षक तथा ४ जना कर्मचारी भएको उक्त बिद्यालयमा कुल ९१२ जना बिद्यार्थिहरु रहेका छन।मा.बि.तहमा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या निक्कैकम भएको र बिषायगत शिक्षकको पुर्ण प्रबन्ध नहुदा शिक्षण सिकाईमा केही अफ्ट्यारो समेत भोगिरहेको कुरा उक्त बिद्यालयका शि.अ.संघका अध्यक्ष कृष्ण लिम्बुले बताउनु भयो।

बेलबारीमै पहिलो पटक बृटिश काउन्सिल द्वारा प्रदान गरुने आइ.एस.ए.अवार्डका लागि मोरङ्ग जिल्ला भरिका बिद्यालयहरु मध्य बाट छनोटमा परेका लक्ष्मी मा.बि.ले आफ्नै स्थानिय पाठ्यक्रम निर्माण गरि बिबिध गतिविधिहरु संचालन गर्दै आएको छ।उक्त अवार्ड प्राप्तिका लागि बिद्यालयले विभिन्न नमुना कार्य संचालन गर्नुका साथै अफ्रिकी मुलुक मोरक्को र भारतका अन्य २ गरि ३ वटा बिदेशी बिद्यालयका बिद्यार्थि र लक्ष्मी मा.बि.का बिद्यार्थिहरु बिच सहकार्यत्मत प्रत्यक्ष दुर सिकाई भैरहेको कुरा उक्त आइ.एस.ए.परियोजनाका संयोजक भेषकुमार खड्काले बताउनु भयो।

पछिल्लो समयमा आमअभिभावकहरुको पहिलो रोजाइमा पर्न सफल लक्ष्मी मा.बि.स्थानीय बुद्धिजीवी,राजनितीज्ञ,समाजसेवि ,पुर्ब बिद्यार्थिहरु,व्यावसायी,स्थानीय सरकार लगायतको अभुतपुर्ब साथ र सहयोगले गर्दा आज यो अबस्थामा पुग्न सफल भएको उक्त बिद्यालयका शिक्षक केदारमणि पौडेलले बताउनु भयो।बिद्यालयले यहि गतिमा फड्को मार्दै जाने हो भने लक्ष्मी मा.बि.बेलबारीको मात्र होइन देशकै नमुना बिद्यालय बन्ने कुरामा दुइमत छैन।