बेलबारीको आइसोलेसनमा बसेका थप २ जना कोरोना मुक्त


बेलबारीको आइसोलेसनमा बसेका २ जना कोरोना संक्रमित निको भएका छन् । कोरोनामुक्त भएकाहरुमा ५५ र २३ वर्षका पुरुष कोरोनामुक्त भएका हुन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणको रिपोर्ट अनुसार शुक्रबार उनीहरुको रिपोर्ट नेगेटिभ आएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ ।