बेलबारीमा थप ३ जनामा कोरोना,जम्मा संक्रमित ४९ पुगे


बेलबारीमा शुक्रबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । बेलबारी वडानम्बर ८ का दुईजना महिला र १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माका अनुसार बेलबारी ८ का २७ र ४५ वर्षिया महिला तथा २३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । केहीदिन अघि सो स्थानमा कोरोना पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ मा परेका मध्ये ती ३ जनामा कोरोना पुष्टि भएको हो । प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परक्षिणका क्रममा उनीहरुमा कोरोना पोजीटिभ देखिएको हो । यससँगै बेलबारीमा कोरोना संक्रमण हुनेको संख्या ४९ पुगेको छ ।