विराटचौक डुबानमा,छैन निकास

सुन्दरहरैचा । निरन्तरको अविरल वर्षाका कारण विराटचौकका केही घर डुबानमा परेका छन । निरन्तर झरी परे सगै पानीको निकास हुन नसक्दा सुन्दरहरैचा नगरपालिका वडा नं ९ स्थित विराटचौक पुर्व पश्चिम लोकमार्गको दक्षिण साइडमा रहेका दुई वटा होटल डुबानमा परेका हुन ।

माछापुच्छ्रे बैक सगै टासिएको बुढासुब्बा खाजा घर र धन बहादुर बस्नेतको घर डुबानमा परेको हो । बुधबारे कृषि बजार र विराटचौक जोड्ने सडक सुविधा मार्गको सडक मर्मतको बेला अव्यवस्थित ड्रेन निर्माणको कारण घर र होटल डुबानमा परेको घरधनी बस्नेतले बताए ।

पानीको निकास हुन नसक्दा बुढासुब्बा खाजा घरको किचन रुम भित्र सबै फोहोर भित्र पानी पसेको छ भने धन बहादुर बस्नेतको घरमा रहेको शाकिरा खाजा घरको भित्र समेत पानी पसेको छ ।

बस्नेतले पानीको निकासाका लागि वडा नं ९ का वडाध्यक्ष सग गुहार मागेका छन । वडाध्यक्ष राजकुमार कार्कीको भनाई अनुसार उक्त सडक निर्माणमा अहिले विवाद उत्पन्न भएको छ जसका कारण पानी निकासा गर्न समस्या भएको छ ।

उक्त दुई घरको पानी निकासा गर्दा उक्त घर देखि तलतिरको घर समेत डुबानमा पर्ने देखिन्छ , पानी निकासा गर्ने कुनै उपाय छैन । तर वडाध्यक्ष कार्कीले आफू दिर्घकालिन रुपमा उक्त समस्या हल गर्ने उपाय खोजिरहेको बताए । आफुले अहिले डुबान प्रभावित व्यक्तीहरुलाई भेटेर आएको हाल आफै समस्या सुल्झाउन आग्रह गरेको बताए । राजकुमार कार्कीले आफुले केही गर्न नसक्ने जवाफ दिएको बस्नेतले बताएका छन ।

वडाध्यक्षको जवाफ सगै बस्नेतले अब आफै ड्रेन भत्काएर पानी फ्याक्ने तयारी गरिरहेको बस्नेतले बताएका छन ।