विराट जुटमिलको वाल भत्कीएर किच्दा एक महिलाको मृत्यु

विराटनगर । मोरङ बिराटनगर-१५ रानी एरिया स्थितमा बस्ने ५५ बर्षीया समिरु नेसाको वाल भत्कीएर किच्दा मृत्यु भएको छ । 

आज बिहान साढे ८ बजे कलमा पानी लिनका लागी जादै गर्दा एक्कासी सोहि स्थानमा रहेको बिराट जुटमिलको वाल भत्कीएर समिरुलाई किच्दा उनि गम्भिर घाईते भएकी थिईन ।

घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।