बुधबार राती विराटचौकको मुख्य बजारमा आगलागी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा स्थित विराटचौकको मुख्य बजारमा आगलागी भएको छ । सुन्दरहरैचा वडा नं १२ स्थित विराटचौकमा रहेको पुण्य प्रसाद ढकालको जग्गामा रहेका दुई वटा टहरामा आगलागी भएको हो ।

एक फलफुल र एक सब्जी पसल रहेको टहरामा राती करिब ९:१५ बजे तिर आगलागी हुदा दुवै टहरा पुर्ण रुपमा नष्ट भई करिब १४ लाख बराबरको क्षति भएको प्रहरी स्रोतले बताएको छ । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालको नेतृत्वमा घटनाबारे अनुसन्धान भईरहेको छ ।

आगलागी करिब एक घण्टा पछि नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सुन्दरहरैचा नगरपालिकाको दमकल, बेलबारी नगरपालिकाको दमकल र स्थानियको सहायतामा राती करिब १०:१५ बजे आगलागी नियन्त्रणमा आएको थियो ।