बुधबार सुन्दरहरैचामा थप ३ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा थप तीन जनामा कोरोना पुष्टि भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ४ का एक जना पुरुष र सुन्दरहरैचा नगरपालिका वडा नं ११ का एक महिलामा कोरोना पुष्टि भएको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मछिन्द्र बस्नेतले बताए ।

त्यस्तै नगरपालिका भन्दा बाहिर पिसिआर टेष्ट गरेका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको बस्नेतले बताए । उनले ठेगाना सुन्दरहरैचा भए पनि हाल सम्म कुन वडाको हो भन्ने पुष्टि भईनसकेको जानकारी दिए । सक्रमित सबै व्यक्तीहरुको कट्राक्ट ट्रेसिङको आफ्हारमा स्वाब परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बस्नेतले बताए ।