बेलबारीमा आज एकैदिन ८ जनामा कोरोना, जम्मा संक्रमित ४६ पुगे

      

बेलबारीमा मंगलबार एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी ८ का ५ महिला र ३ पुरुषमा सक्रमण थपिएको हो । बेलबारी ८ का एक पुरुषमा सक्रमण देखीएपछि १५ जनामा गरीएको कन्ट्रयाक टेसिङमा ८ जनामा कोरोना पोजेटिभ देखीएको नगरपालिका स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले जानकारी दिनुभएको छ । गत असोज ३ गते स्वाब संकलन गरेर बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ल्यावमा पठाइएको थियो । बेलबारीमा ८ जना थपिएसँगै कोरोना संक्रमितको सख्या ४६ पुगेको छ । सक्रमित मध्ये २७ जना निको भएर घर फर्केका छन भने २ जनाको मृत्य भइसकेको छ ।