भारत तर्फ लैजादै गरेको ८० बोरा मटर बरामद

सुनसरी । सुनसरी देवानगंज-६ स्थितबाट भारत तर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ  । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो देवानगंज स्थित सिमा एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा करिब १ लाख बराबरको ८० बोरा सेतो मटर फेला पारी बरामद गरिएको हो । बरामद गरिएको मटर, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी व्यारेज बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ