सुन्दरहरैचामा रक्तदान कार्यक्रम सम्पन्न, १०५ प्रीन्ट रगत संकलन

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित इन्द्रपुर सहकारी भवन अगाडि बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त बृहत् खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकाल रहेका थिए । नगरप्रमुख ढकालले उक्त कार्यक्रमको वृक्षारोपण गरेर शुभारम्भ गरेका थिए । उनले यो कोरोना कहरको महामारीमा रक्तदान कार्यक्रम हुनु अत्यन्त महत्वपुर्ण कार्यक्रम भएको बताए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता खाल्का कार्यक्रमको समाजमा पहिलो प्राथमिकत र राम्रो मुल्यांकन समेत हुनुपर्ने उल्लेख गरे ।

उक्त रक्तदान कार्यक्रममा १०५ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रममा प्राविधिक रुपमा सहयोग नेपाल रेडक्रस सोसाइटी शाखा सुनसरीले गरेको थियो ।

रक्तदान जीवनदान हो भन्ने मुख्य भनाईका साथमा गरिएको उक्त कार्यक्रममा आयोजकको रुपमा सुन्दरहरैचा नगरपालिका भित्र रहेका कृयाशिल संघ सस्थाहरि सगरमाथा युथ क्लब, सुन्दरहरैचा पत्रकार समूह, नेपाल मुस्लिम युवा समूह, झरना युथ क्लब, नव सृजना युवा क्लब, ज्योती युवा क्लब र सरस्वती स्पोर्टिङ क्लब रहेका थिए ।

रक्तदान कार्यक्रममा सगरमाथा युवा क्लबलाई योगदान पुर्याउने स्वो. पुण्य प्रसाद गजुरेल (रोशन) तथा सविन राईको सम्झना गरिएको थियो । रक्तदान कार्यक्रमको संयोजक राजु बस्नेत तथा कार्यक्रम सञ्चालनमा सगरमाथा युथ क्लबका सचिब रमेश खतिवडाले गरेका थिए भने कार्यक्रमको सभापतित्व सगरमाथाका अध्यक्ष रोशन कट्टेलले गरेका थिए ।