मोरङमा एकै परिवारका तीन जनाको पोखरीमा डुबेर मृत्यु

सुन्दरहरैचा । मोरङ ग्रामथान गाउँपालिका वडा नं.-४ बनसखण्डी बस्ने रुद्र कटुवालको माछा पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

माछा रेखदेख गर्ने ग्रामथान वडा नं ४ बस्ने बर्ष-३५ कि सिता अधिकारी, उनको को छोरीहरु बर्ष-१४ की पवित्र अधिकारी र बर्ष-९ की प्रितिका अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिहान करिब ११ बजे माछालाई चारो हाल्न भनि गएकोमा  साँझ सम्ममा घर फर्की नआए पश्चात खोजी गर्दा तिनै जना आमा छोरीहरु माछा पोखरीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।