सुन्दरहरैचामा थप एक जनामा कोरोना, स्वास्थ्य शाखा भन्छ थाहा छैन

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भाइरसको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको अनुसार सुन्दरहरैचामा शुक्रबार थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पतालमा स्वाब परिक्षण गराएका एक व्यक्तीमा कोरोना पुष्टि भएको हो । तर सामाजिक मन्त्रालयले कोरोना संक्रमणको पुष्टि गरे पनि सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखा बेखबर बनेको छ ।

मन्त्रालयले कोरोना पुष्टि गरे पश्चात् संक्रमित व्यक्ती कुन वडाको हो बुझ्न सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतलाई फोन सम्पर्क गर्दा आफू बेखबर बनेको बताएका छन । उनले नगरपालिकाले स्वाब संकलन गरेको व्यक्तीमा कोरोना छैन, व्यक्ती आफुले नगरपालिका बाहिर स्वाब परिक्षण गरेको हुदा आफू बेखबर बनेको बस्नेतले बताए । उनले यस विषयमा थप बुझ्ने बताएका छन ।

सुन्दरहरैचा नगरपालिकामा स्वास्थ्य शाखा रहे पनि नरहे जस्तो महशुस भएको नगरवासीले गुनासो गरेका छन । नगरमा कोरोना संक्रमित दैनिक कती भए र कति निको भए भन्ने थाहा पाउने नगरवासीको अधिकार हो तर स्वास्थ्य शाखाले यस्तो जानकारी कहिल्यै नगरेको स्थानिय युवा मातृका घिमिरेले बताए ।

नगरपालिकाले प्रत्येक नगरवासीको स्वाब संकलन गर्दै आए पनि अहिले सम्म कति संक्रमित/ सक्रमित कति निको भए , स्वाब परिक्षण कति जनाको गरियो कुनै अपडेट गरेको छैन ।

पछिल्लो समय स्वास्थ्य शाखा प्रमुखको फोन नै आपतकालिन अवस्थामा नउठने जनगुनासो बढ्दै आएको छ ।