आज पनि बेलबारीमा १ जना कोरोना संक्रमित थप


बेलबारीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका अनुसार बेलबारी ७ की ४२वर्षिया महिलामा कोरोना पुष्टि भएको हो । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञाप्रतिष्ठान मा गएकी ती महिलाको धरानमै भएको परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । योसँगै बेलबारीमा कोरोना संत्रमितको संख्या ३७ पुगेको छ ।