बेलबारीमा भएको दुर्घटनामा साइकल यात्रीको मृत्यु

बेलबारी । मोरङको बेलबारीमा भएको दुर्घटनामा परेर साइकलयात्री बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहालको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले साइकललाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डाँगीहाटमा शुक्रबार बिहान १० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा पूर्वतर्फ जाँदै गरेका दाहाल गम्भीर घाइते भएका थिए ।

उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएका दाहाललाई बिहान ११ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी ढकालले दिए । प्रहरीले मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–९ का उमेश भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।