विर्तामोडमा प्रमुख प्रशासकिय अधिकृतमा दाहाल आउने

विर्तामोड । विर्तामोड नगरपालिकामा प्रमुख प्रसाशकीय अधिकृतको रुपमा गणेश दाहाललाई पठाउने निर्णय मन्त्रालयले गरेको छ । । झापाको जिल्ला प्रशासनमा पनि रहेर काम गरी सकेका दाहाल विर्तामोड नगरमा प्रमुख प्रशासकीय अधिकृतकाको जिम्मेवारीमा जान लागेका हुन ।

मन्त्रालयले आज दाहाललाई विर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको हो । विर्तामोडका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा भदौ १६ मा उमेर हदले सरकारी सेवाबाट बाहिरिएपछि प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा कार्यरत दाहाललाई सो जिम्मेवारीमा पठाइएको हो ।

विभिन्न स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेर कार्य गरिसकेका दाहाल एक सफल र उत्कृष्ट अधिकृतको रुपमा चिनिन्छन ।